Logo

अर्थ

अब खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने



काठमाडौं । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको छ । प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरिवंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ देखि प्रदर्शन हुनेछ ।

दस वर्ष लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण के.सी. , राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।

खल्ती प्रयोगकर्ताहरूले सो हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १३:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।