चीनगर नगरपालिका-५ नकलबन्दास्थित चिया बगानबाट करिब ८० हजार रुपैयाँ मूल्य बराबरको २ वटा बोरामा रहेका बिभिन्न प्रकारको पटाका बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त बगानमा लुकाई राखेको अबस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।
यसैगरी झापा मेचीनगर नगरपालिका-९ लिलाबस्तीबाट करिब २५ हजार रुपैयाँ मूल्य बराबरको ३५ प्याकेट पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो ।
यसैगरी झापा हल्दीबारी गाउँपालिका-४ चारकोस जंगलबाट करिब ६२ हजार रुपैयाँ मूल्य बराबरको बिभिन्न प्रकारका पटाका शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो ।
पटाका राख्ने व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया