Logo

अर्थ

सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो



काठमाडौं । सहकारी ठगीको आरोप लागेपछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो ।

नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत हुन् ।

त्यसयता उनी फरार रहेकोमा २०८० माघ १० गते रेड कर्नर नोटिस जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबारे हाल अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १५:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।