Logo

अर्थ

सिटिजन्स म्युचुअल फन्डका ३ योजनाको लाभांश घोषणा



काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गतका तीन योजनाको लाभांश घोषणा भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सिटिजन्स म्युचुअल फन्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डले १० प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

तीनै योजनाको बुक क्लोज असोज २३ गतेका लागि तोकिएको छ । असोज २२ गतेसम्म इकाइ होल्ड वा खरिद गरेकाले लाभांश पाउने छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १०:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।