काठमाडौं । सोमबार सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।
आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि सोमबार तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १९४५ रुपैयाँ रहेको चाँदी १९४० मा झरेको छ ।




















प्रतिक्रिया