Logo

अर्थ

४४ अंकले बढ्यो नेप्से, बजारले नाघ्यो २५००



काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८ को विन्दुमा कायम भएको छ ।

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज  ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कुमारी सबल योजनाका इकाईधनीले ९.९८ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डका इकाईधनीले गुमाएका छन् । यस फन्डका इकाईधनीले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १५:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।