Logo

अर्थ

चाडपर्वलक्षित सीजी मोटर्सको आकर्षक अफर, नेटा भी र नेटा एक्स किन्नेलाई विशेष छुट



काठमाडौं । सिजी मोटर्सले यसपालिको दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । दशैंलक्षित गर्दै सिजीले नेटा भी र नेटा एक्समा विशेष अफरहरु सार्वजनिक गरेको हाे ।

नेट भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन् । जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ । आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको कम्पनीले जनाएको छ ।

नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन् ।

साथै, नेटा एक्स खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

नेटा भीमा ४०.७ किलोवाट क्षमताको ब्याट्री छ । जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ । ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ । १२० एनएम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ ।

नेटा भीले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ । यसले एकपटक चार्जमा १८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ, र यसमा सिएटियलका लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमिसम्म छ ।

नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमिसम्म चल्न सक्छ । यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउने कम्पनीले जनाएको छ ।

सिएटियलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्ने कम्पनीको दावी छ । यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इको फ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।

सिजी मोटर्सले देशभर २५ भन्दा बढी चार्जिङ स्टेसन र ९० भन्दा बढी सेवा केन्द्रहरूको सुविधा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १६:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।