काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । आज एकैदिन ११४.७० अंकले बढेर २६२३ मा कायम भएकाे हो । आज ७ अर्ब ६१ करोडको भएकाे छ ।
२४३ कम्पनीको मूल्य बढ्दा एउटाको घटेकाे छ भने एउटाको स्थिर रहेकाे छ । सबै क्षेत्रका सूचक बढेका छन् ।
यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेकाे छ । बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेकाे हाे ।
कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीकाे २८ करोड ८२ लाख र हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया