काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य ताेलामा ८ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन बुधबार तोलामा १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको हो ।
मंगलबार तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९३५ रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया