काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ ।
करिब १५ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सम्झौता भएको छ ।
एनओसीका प्रबन्ध निर्देशक चण्डिका भट्ट र आइओसीका तर्फबाट पाइपलाइन आयोजनाका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताका अवसरमा भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सचिव पंकज जैन र आईओसीका अध्यक्ष भी सतिषकुमार पनि उपस्थित थिए ।
भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताकोे स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने सम्झौता भएको हो ।
नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ । चितवनको लोथरमा ९१ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने बताइएको छ ।
उल्लेखित परियोजनाहरुमा भारत सरकारको करिब १५ अर्ब रुपैयाँ अनुदान सहयोग रहनेछ ।




















प्रतिक्रिया