ओखलढुङ्गा । ओखलढुङ्गाको पहिरे खोलामा अस्थायी बेलिब्रिजको जडान प्रकिया नेपाली सेनाले जोड्नलाई अन्तिम चरणमा पुगेकाे छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका सङ्घीय सांसद रामहरि खतिवडाको पहलमा पहिरे खोलामा बेलिब्रिज राख्ने निर्णय भएको थियाे ।
हाल इलामको पुवा खोलामा रहेको बेलिब्रिज ल्याएर ओखलढुङ्गाको पहिरे खोलामा राख्ने विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् सङ्घीय सांसद खतिवडाले बताए । यस विषयमा रक्षा मन्त्रालयसँग समन्वय भएको सभापति खतिवडाको भनाइ छ ।




















प्रतिक्रिया