काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।




















प्रतिक्रिया