Logo

अर्थ

सेयर बजारमा हरियाली, नेप्से २६५३ अंकमा



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार भारी अकंले बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३ मा कायम भएको छ ।

आज ६ अर्ब १३ करोडकाे काराेबार भएकाे छ । आज कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घटेकाे छ भने २ को स्थिर रहेकाे छ।

आज फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढेकाे हाे ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको ६३ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मध्ये भोटेकोशीका लगानीकर्ताले ९.७६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १५:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।