Logo

अर्थ

ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा



काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

सोमबार साँझा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरका लागि कम्पनीले कर छुट्याएको छैन । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।

बैंकका एक उच्च अधिकारीकाअनुसार ग्लोबल आईएमई बैंकले पछिल्लो समय बैंक अफ काठमाण्डूलाई मर्जर गरेका कारण बोनस सेयरमा कर लाग्ने छैन । यसको अर्थ सेयरधनीले बोनस सेयरका लागि कर तिर्नुपर्दैन ।

गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको थियो । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २५३ रुपैयाँ १० पैसा छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १०:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।