Logo

अर्थ

राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड नोट छाप्ने भएको छ । जसका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइनालाई जिम्मा दिइने भएको छ ।

राष्ट्र बैंकले करिब ३ रुपैयाँ लागतमा उक्त नोट छाप्न लागेको हो ।

कम्पनीले ३४ करोड प्रति १० दरका नोट छपाईका लागि ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर (९५ करोड ३८ लाख रुपैयाँभन्दा बढी) बराबरको प्रस्ताव पेश गरेको थियो । राष्ट्र बैंकले सोही प्रस्ताव स्वीकृत गरिएको सूचना प्रकाशित गरेको हो ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १७:०९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।