Logo

अर्थ

सानिमा बैंकद्वारा लाभांश घोषणा



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार (असोज २१ गते) बसेको सञ्चालक समिति बैठकले कर प्रयोजनसहित ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हाल कायम १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १०:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।