Logo

अर्थ

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण



काठमाडाैं । एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ ।

फाउन्डेसनले सोमबार गोदावरीका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँच वटा वडाहरू (वडा नम्बर ४, ७, ८, १० र १३) का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो। हामी सबै एक ठूलो परिवारको रूपमा जोडिएका छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सिएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपदको यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट आएको राहत एकदमै ठूलो सहयोग भएको बताए ।

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाइजिन किट, ब्ल्यांकेट र म्याट लगायत छन् ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १३:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।