Logo

अर्थ

बैंकले प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रदेश र शाखा कार्यालयहरुमा पनि सूचना अधिकारी तोक्नु पर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जनमार्फत उक्त व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि सूचना अधिकारी तोक्नुपर्ने तथा कानुन बमोजिम माग गरिएको सूचनाको अभिलेख राख्न पनि राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ ।

‘इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

यसरी कानून बमोजिम प्रदेश कार्यालय र शाखा कार्यालयहरुबाट माग गरिएको सूचनाको अभिलेख राख्नुपर्ने र यस्तो सूचना प्रत्येक ३ महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १३:१६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।