Logo

अर्थ

३५ कम्पनीले दशैंपछि २७ अर्ब ९३ करोडको आईपीओ निष्कासन गर्दै



काठमाडौं । विभिन्न क्षेत्रका ३५ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका छन्। धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण रोकिएको आईपीओ दशैंपछि निष्कासन हुने भएको हुन् । दशैंपछि ३५ वटा कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेका छन्।

पाइपलाइनमा रहेका कम्पनीमध्ये १८ वटा जलविद्युत कम्पनी रहेका छन् भने ५ वटा कम्पनीले प्रिमियम मूल्यम सेयर निष्कासन गर्ने अनुमति मागेका छन् । पाइपलाइनमा रहेका कम्पनीमा मिडिया, अस्पताल, केवलकार, औषधी उत्पादन गर्ने कम्पनी, होटल, लघुवित्त वित्तीय संस्था रहेका छन् ।

पाइपलाइनमा रहेर प्रिमियम मूल्यमा सेयर निष्कासनको तयारीमा रहेका कम्पनीमा हेम्स अस्पताल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिल रहेका छन् । हेम्स अस्पतालले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँका दरले सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनी ३२ करोड ४० लाख रुपैयाँको ११ लाख २५ हजार कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।

यस्तै, सौर्य सिमेन्ट इन्डस्ट्रिजले अंकित मूल्यमा प्रतिकित्ता १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर निष्कासनको तयारी गरेको छ । साथै, मारुती सिमेन्टले अंकित मूल्यमा प्रतिकित्ता २७७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३७७ रुपैयाँका दरले सेयर निष्कासनको तयारी गरेको छ भने जगदम्बा स्टिल्सले अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँका दरले सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

यस्तै, रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति मागेको छ । संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरेको कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको छ ।

बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनी रहेपनि केही म्युचुअल फण्डलगायत अन्य दर्जनौ कम्पनी आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार १८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।