काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ ।
आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंकको २६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया