Logo

अर्थ

धनतेरसमा टियागो ईभी बुक गरे सुनको असर्फी वा आइफोन-१६ प्रो पाइने अवसर



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्ने भएको छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।

यस वर्षको धनतेरसलाई लक्षित गरी ८, ९, र १० कात्तिकमा टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरिका शोरुममा आयोजना हुने कम्पनीले जनाएको छ ।

यस मेलामा सहभागी भएर ग्राहकले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरू धनतेरस एक्सचेन्ज धमाका ३ दिनका लागि मात्र लागु हुनेछ ।

टियागो ईभी नेपालको विद्युतीय चारपाङ्ग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक भएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १०:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।