Logo

अर्थ

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३४ हजार ८२०.६५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १२:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।