काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा १२ प्रतिशत बढी हो । गत वर्ष गरिमाले २० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको असोजसम्ममा खुद ब्याज आम्दानी ११.०८ प्रतिशत र सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेको छ ।
यसको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ । यसको खराब कर्जा बढेर ३.८२ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा २.६८ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया