Logo

अर्थ

कात्तिक २० गतेसम्म सेयर हुनेले बलेफी हाइड्रोको हकप्रद पाउने



काठमाडाैं । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ ।

कम्पनीले कात्तिक २१ गतेको लागि बुक क्लोज मिति तोकेको छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर स्वामित्व हुनेले हकप्रद भर्न पाउने छन् ।

कम्पनीले एक बराबर एक अनुपातमा हकपद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद निष्कासन मिति सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १५:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।