Logo

अर्थ

धनतेरसका लागि मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ ।

सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ ।

मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म बिक्री खुला रहनेछ ।

यसपालि कात्तिक १३ गते धनतेरस परेको छ । धनतेरस तथा धनवन्तरीमा सुन, चाँदी लगायतका वस्तुहरूको किनमेल गरिने चलन छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १५:२६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।