काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ ।
खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको छ । जसमा टी-२० सिरिज गुमाएका सन्दीप लामिछानेले पुनरागमन गरेका छन् । सागर ढकाल र देव खनाल भने रिजर्भमा छन् ।




















प्रतिक्रिया