काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया