Logo

अर्थ

सानिमा बैंकले बोलायो वार्षिक साधारणसभा



काठमाडौं । सानिमा बैंकले मंसिर ४ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । बैंकले सभा प्रयोजनका लागि कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १२:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।