Logo

खेलकुद

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्दै



काठमाडाैं । काठमाडाैंमा जारी साफ वुमन्स च्याम्पियनसिपका सेमिफाइनल खेलहरु आज हुँदैछन् ।

पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेश र भुटान खेल्ने छन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यस्तै, आजै हुने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक पाँच पटकको च्याम्पियन भारतसँग खेल्ने छ ।

यो खेल साँझ साढे ६ बजे सुरु हुनेछ । नेपाल, भारत, र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १३:३०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।