Logo

अर्थ

डेडिकेटेड र ट्रंकलाइनको महसुल : दुई उद्योगले बुझाए सम्पूर्ण बक्यौता, ६ वटाले तिरे पहिलो किस्ता



काठमाडाैं । हालसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका २ उद्योगले मात्रै सम्पूर्ण बक्यौता तिरेका छन् । यस्तै आइतबार २ उद्योगले किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता रकम तिरेका छन् ।

४ उद्योगले भने किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् ।

सात उद्योगले भने लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् । यसकारण अहिले ३२ वटा उद्योगमा प्राधिकरणले लाइन दिएको छैन । बक्यौताको किस्ता तिरेका उद्योगलाई प्राधिकरणले तत्काल लाइन जडान गरिरहेको छ ।

लाइन काटिएका अधिकांश उद्योग सिमेन्ट र रडसँग सम्बन्धित छन् । यो समय निर्माण कार्यको लागि उपयुक्त समय पनि हो । वर्षा रोकिएसँगै पूर्वाधार विकासदेखि निजी क्षेत्रका निर्माणकार्य सुरु हुन्छन् । तर प्राधिकरणले लाइन नदिएपछि लगभग सबै उद्योगको उत्पादन ठप्प भएको उद्योगीहरूले बताएका छन् ।

प्राधिकरणले बक्यौता रकम तिरेका उद्योगको लाइन जडान गरिरहेको छ । प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर ४९ उद्योगलाई डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो ।

कम्पनीहरुलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिइएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १६:२९   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।