Logo

अर्थ

त्रिभुवन विमानस्थलबाट ३ महिनामा साढे २१ लाख यात्रुले गरे हवाई यात्रा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो ३ महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेका छन् ।

त्रिभुवन विमानस्थलले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिक र अन्तर्राष्ट्रिय गरी २१ लाख ७६ हजार १२६ यात्रुले हवाई यात्रा गरेका हुन् । जसमा आन्तरिकतर्फ १० लाख ३५ हजार ८८४ यात्रु छन् भने अन्तर्राष्ट्रियतर्फ ११ लाख ४० हजार २४२ छन् ।

यी ३ महिनामा अन्तर्राष्ट्रियतर्फ ५ लाख ९४ हजार ८६ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख ४६ हजार १५६ यात्रु अवतरण गरेका छन् । अन्तर्राष्ट्रिय उडान–अवतरण ८ हजार ३३ भएका छन् ।

यसैगरी जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिकतर्फ ५ लाख २१ हजार २४८ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख १४ हजार ६३६ यात्रु अवतरण गरेका छन्। आन्तरिकतर्फ उडान–अवतरण भने २२ हजार ८४६ भएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १६:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।