Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २१ सय ५ रुपैयाँ कायम भईरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार ११:४३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।