Logo

अर्थ

गुराँस लघुवित्तको नाफासँगै बढ्याे प्रतिसेयर आम्दानी 



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा ९८८.९० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ करोड १ लाख ६२ हजार रुपैयाँ छ । गत वर्षको यसैअवधिमा संस्थाले ९३ लाख ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी १४२.०८ प्रतिशतले बढेर ३ करोड १४ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ करोड २९ लाख रुपैयाँ थियो । यता, सञ्चालन नाफा १ हजार प्रतिशतले बढेको छ । यस लघुवित्तको प्रोभिजन ६५.४६ प्रतिशतले घटेको छ ।

चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३१.४१ रुपैयाँले बढेर ३५.०९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १३१.९७ रुपैयाँ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार १४:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।