काठमाडौं । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ ।
नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् । यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जनाएकाे छ ।
रसुवा भन्सार कार्यालयका अनुसार नाका बन्द हुँदा दैनिक ८ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन प्रभावित भएको थियो ।




















प्रतिक्रिया