काठमाडौं । मिडफिल्डर अमिषा कार्कीलाई एसएस फाउन्डेसनलेनगदसहित सम्मान गरिएको छ ।
शुक्रबार एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगदसहित सम्मान गरेको हो ।
संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए ।
अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ ।
कार्कीले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बङ्गलादेशविरुद्ध एक गोल गर्दै खेल १–१ गोलको बराबरीमा लाएकी थिइन् ।




















प्रतिक्रिया