काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्ने भएको छ । खेल राति सवा १० बजे सुरु हुनेछ ।
अमेरिका भ्रमणमा रहेको नेपालको यो अन्तिम खेल हो ।
यसअघि भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको थियो ।




















प्रतिक्रिया