Logo

अर्थ

ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभा नेपाल प्रज्ञा-पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा त्यसदिन सेयर बजार बन्द हुन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार ११:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।