काठमाडौं । तिहारपछि खुलेको सेयर बजार झिनो अंकमा रातो भएको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७ को विन्दुमा कायम भएको छ ।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपरमाइ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया