काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणका लागि आज बोलकबोल गर्दैछ । बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।
२१ दिन अवधि रहेको उक्त मंसिर १२ गते परिपक्व हुनेछ । उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बिडिङ गर्नसक्ने उल्लेख गरिएको छ । आवेदन दिँदा कम्तीमा १० करोड रुपैयाँ र त्यसभन्दा माथि पाँच करोड रुपैयाँले भाग जाने परिमाणमा लागि बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया