Logo

अर्थ

आत्मनिर्भर लघुवित्त ४३ लाख ५३ हजार घाटामा



काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ ।

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८३.१३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले १८ करोड ५७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । संस्थाले सम्भावित घाटाका लागि ४ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै संस्थाको कमिशन तथा अन्य सञ्चालन आम्दानी ३३ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको रिजर्भको आकार ४.३६ प्रतिशतले बढेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८८ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार ११:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।