काठमाडौं । शुक्रबार सुनकाे मूल्य ताेलामा २ हजार बढेको छ ।
आज शुक्रबार सुनकाे मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया