काठमाडौं । बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएकाे छ । आइपीओ निष्कासन गर्ने प्रस्तावसहित मंसिर १४ गते वार्षिक साधारणसभा बोलाएको हाे ।
सभा कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ ।
साथै, हाल कायम सेयरधनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।




















प्रतिक्रिया