Logo

प्रमुख समाचार

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । अहिले बिहान साढे ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय तहको उपनिर्वाचन, पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ ।

पार्टी सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ०९:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।