काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५० खर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै मध्यान्ह २ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक मंसिर १६ गते हुनेछ ।




















प्रतिक्रिया