काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबा छापावाल सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ रहेको थियो ।




















प्रतिक्रिया