Logo

अर्थ

२२ अंकले बढ्याे सेयर बजार, ११ अर्ब ३१ करोडको काराेबार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ ।

आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १५:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।