काठमाडौं । भैरहवा विमानस्थलमा आजदेखि कतार एयरवेजले नियमित रुपमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिकाअनुसार हप्तामा सातवटा उडान भर्न लागिएको हो ।
कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ । त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौं आउनेछ । सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौंबाट दोहाका लागि उड्नेछ । यो तालिका नोभेम्बर ३० सम्मको लागि कायम रहने विमानस्थलले जनाएकाे छ ।
यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन् ।




















प्रतिक्रिया