Logo

अर्थ

मानुषी लघुवित्त ५६ लाख नोक्सानीमा



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले मंगलबार नोक्सानीको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो दिन १० प्रतिशत बढेको यसको प्रतिकित्ता मूल्य १९०४ रुपैयाँ १० पैसा छ ।

कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार चालु आवको पहिलो तीन महिनामा ५६ लाख १६ हजार नोक्सानी छ ।

गत आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ करोड ५५ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड ५९ लाख रुपैयाँ छ ।

कम्पनीको लोनलस प्रोभिजन पहिले १ करोड २० लाख रहेकोमा अहिले १ करोड १ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ५४ पैसा ऋणात्मक छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ५.१३ प्रतिशत छ । गत वर्षको असोजमा यस्तो कर्जा ७.३४ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८४ पैसा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ११:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।