Logo

अर्थ

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट



काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो ।

एफपीओमा आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् । ३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले सेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

यसको नतिजा सीडीएससीको वेबसाइट आईपीओ रिजल्ट मा हेर्न सकिनेछ ।

लघुवित्तले कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन माग गरेको थियो । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२५ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १०:३३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।