काठमाडौं । नबिल बैंकले मंसिर २७ गते ४०औं वार्षिक साधारणसभा आह्वान गरेको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारणसभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो ।
साधारणसभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ । मंसिर ९ गते सम्म कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




















प्रतिक्रिया